Rule 19
शर्तहरू परिवर्तन गर्न सक्ने
(१) प्रदूषण कम गर्ने वा नियन्त्रण गर्ने सम्बन्धमा नियम १६ को उपनियम (५) बमोजिम तोकिएका शर्तहरूमा केही परिवर्तन गरी अन्य उपायहरू अवलम्बन गर्न उपयुक्त भएमा उद्योगले सोही व्यहोरा खुलाई सम्बन्धित निकाय समक्ष निवेदन
दिन सक्नेछ ।(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदनमा उल्लेख भए बमोजिम प्रदूषण कम वा नियन्त्रण गर्न अन्य उपायहरू अवलम्बन गर्न सकिने देखिएमा सम्बन्धित निकायले निवेदकको माग बमोजिम केही शर्तहरू परिवर्तन गरी अन्य उपायहरू
अवलम्बन गर्न स्वीकृति दिन सक्नेछ ।